logo
२०८१ बैशाख २१ शुक्रवार



पहिलो छनोट खेलमा जर्मनीको आइसल्याण्डमाथि सहज जित

फुटबल |
खेलकुद |


पहिलो छनोट खेलमा जर्मनीको आइसल्याण्डमाथि सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १३ गते । जर्मनीले सन् २०२२ को विश्वकप फुटबल छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा आइसल्याण्डलाई हराएको छ । कै हार्भेज र इल्के गुण्डोगनले गोल गर्दा जर्मनीले आइसल्याण्डमाथि ३–० को सहज जित हात पार्न सफल भएको हो ।
समूह जे अन्तर्गत गए राति सम्पन्न खेलमा जर्मनीले खेल सुरु भएको सातौं मिनेटमै २–० को अग्रता लियो । चेल्सीका फरवार्ड हार्भेजले सातौं मिनेटमा गोल गर्दै आइसल्याण्डमाथिको अग्रतालाई दोब्बर पार्नुभयो । त्यसअघि लियोन गोर्जेकाले दोस्रो मिनेटमै गोल गर्दा जर्मनीले १–० को सुरुवाती अग्रता लिन सफल भयो ।
पहिलो हाफसम्म २–० को अग्रता लिएको जर्मनीका लागि गुण्डोगनले दोस्रो हाफको सुरुवातमै गर्नुभएको गोलले जर्मनीलाई ३–० को जित दिलाउन पर्याप्त भयो । म्यान्चेष्टर सिटीका मिडफिल्डर गुण्डोगनले जर्मनी र सिटीका लागि २४ खेलमा १५ औं गोल पूरा गर्नुभयो ।
समूह जे अन्तगर्त नै गए राति सम्पन्न खेलमा रोमानियाले उत्तरी मेसिडोनियामाथि ३–२ को जित हात पार्यो । आर्मेनियाले लिचटेन्स्टैनमाथि १–० को जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?