logo
२०८१ बैशाख २२ शनिवार



स्पेन बराबरीमा रोकियो

फुटबल |
खेलकुद |


स्पेन बराबरीमा रोकियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १३ गते । स्पेनले विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगितामा निराशाजनक सुरुवात गरेको छ । ग्रनाडामा सम्पन्न पहिलो छनाेट खेलमा स्पेनलाई ग्रीसले १–१ को बराबरीमा रोकेको हो । समूह बी अन्तर्गतकै खेलमा स्वीडेनले जर्जियामाथि १–० को जित हात पार्यो ।
डेनी ओल्मोले गर्नुभएको प्रहार क्रसबारमा लागेर उछिट्टिएको केही मिनेट नबित्दै अल्भारो मोराटाले गोल पोष्ट नजिकबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि स्पेनले १–० को अग्रता लिन सफल भयो । उहाँले ३३ औं मिनेटमा स्पेनलाई सुरुवाती अग्रता दिलाउनुभयो । तर बिस्थापित खेलाडी इनिगो मार्टिनेजले ग्रीक मिडफिल्डर गिर्गोस मासौरसलाई लडाउँदा ग्रीसले ५६ औं मिनेटमा पेनाल्टीको अवसर पायो । उक्त अवसरमा एनास्टासियस बाकासेटासले गोलमा परिणत गर्दै स्पेनलाई स्तब्ध तुल्याउँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो ।
स्पेनले छनाेट अन्तर्गतको दोस्रो खेलमा आइतबार जर्जियाको सामना गर्नेछ । आइतबार नै ग्रीसले होण्डुरसको सामना गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?