logo
२०८१ बैशाख २२ शनिवार



इटालीले उत्तरी आयरल्याण्डलाई हरायो

फुटबल |
खेलकुद |


इटालीले उत्तरी आयरल्याण्डलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १३ गते । इटालीले उत्तरी आयरल्याण्डमाथि जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को छनौट प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा उत्तरी आयरल्याण्डलाई हराएर इटालीले उत्कृष्ट सुरुवात गरेको छ ।
डोमिनिको बेराडीले खेलको पूर्बाद्धमै पहिलो गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाउनुभयो । सिरो इम्मोबाइलले ३८ औं मिनेटमा गोल गर्दा इटालीले २–० को अग्रता लियो । पहिलो हाफमा २–० ले पछाडि परेको उत्तरी आयरल्याण्डले दोस्रो हाफमा बलियो पुनरागमन गर्दै गोल गर्ने अबसरहरु सृजना गर्यो । तर सफल भएन । गाभिन व्हेट र पैडी म्याकनैरले गर्नुभएको गोल प्रयास इटालीले विफल तुल्यायो ।
समूह सी अन्तर्गतकै अर्को खेलमा स्वीटजरल्याण्डले बुल्गेरियामाथि ३–१ को जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?