logo
२०८१ बैशाख २२ शनिवार



इंग्ल्याण्डका मार्कस राशफोर्ड र साका पोल्याण्ड बिरुद्धको छनोट नखेल्ने

फुटबल |
खेलकुद |


इंग्ल्याण्डका मार्कस राशफोर्ड र साका पोल्याण्ड बिरुद्धको छनोट नखेल्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । म्यान्चेष्टर यूनाइटेडका फरवार्ड मार्कस राशफोर्ड र आर्सनलका विंगर बुकायो साका अल्बानिया र पोल्याण्ड बिरुद्ध नखेल्ने हुनुभएको छ । इंग्ल्याण्ड फुटबल टोलीका दुबै सदस्य घाइते भएपछि विश्वकप छनोटको आगामी दुई खेलबाट बाहिरिनु भएको छ ।
इंग्ल्याण्डले विश्वकप फुटबल २०२२ को छनौट अन्तगर्तको पहिलो खेलमा सान मारिनोलाई ५–० को विशाल अन्तरले हराउँदा समेत दुबैजना अनुपस्थित हुनुहुन्थ्यो । २३ वर्षीय राशफोर्ड खुट्टामा आएको चोटको कारण बाहिरिनुभएको हो । १९ वर्षीय साकाले भने तिघ्रामा आएको चोटको कारण छनौट टोलीमा समेत पर्न सक्नुभएन ।
इंग्ल्याण्ड फुटबल टोलीका प्रशिक्षक गारैथ साउथगेटले दुबै जनाको स्वास्थ्यमा सुधार आएपनि तात्काल जारी रहेको अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुन नसक्ने बताउनुभएको छ । इंग्ल्याण्डले आइतबार अल्बानियाको सामना गर्नेछ । बुधबार इंग्ल्याण्डले छनौटको तेस्रो खेलमा पोल्याण्डको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?