logo
२०८१ बैशाख २२ शनिवार



बङ्गलादेश विरुद्ध नेपालको सुरुवाती एघार

फुटबल |
खेलकुद |


बङ्गलादेश विरुद्ध नेपालको सुरुवाती एघार
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । त्रिदेशीय फुटबल प्रतियोगिता अन्तगर्तको आफ्नो दोस्रो खेलमा नेपालले किर्गिस्तान विरुद्धको खेलमा उतारेको टोलीलाई नै निरन्तरता दिने भएको छ । किर्गिस्तान बिरुद्ध बिहीबार सम्पन्न खेलमा नेपाल बराबरीमा रोकेको थियो । बङ्गलादेश पहिलो खेलमा किर्गिस्तानलाई हराएर फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुन लागेको त्रिदेशीय कप अन्तर्गतको तेस्रो खेलमा नेपालले बङ्गलादेशलाई हराउने लक्ष्य लिएर मैदानमा उत्रिदैछ ।  बङ्गलादेशलाई गोलरहित बराबरीमा रोक्न सके मात्रै पनि नेपालले फाइनलमा बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ । एकभन्दा बढी गोल अन्तरको हारले नेपाललाई प्रतियोगिताबाट बाहिर गर्नेछ ।
किरणकुमार लिम्बूले नेतृत्व गर्ने टोलीको रक्षात्मक पद्धतीको जिम्मेवारी रोहित चन्द र अनन्त तामाङमा निर्भर रहनेछ । रञ्जित धिमाल र दिनेश राजवंशीले चन्द र तामाङलाई साथ दिनुहुनेछ ।
मीडफिल्डमा त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ र रबिशंकर पासवानलाई उतारिदैछ । अभिषेक रिजाल र अञ्जन विष्ट फरवार्डको जिम्मेवारीमा प्राथमिकतामा पर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?