logo
२०८१ बैशाख २६ बुधवार



पोर्चुगललाई सर्बियाले बराबरीमा रोकियो

फुटबल |
खेलकुद |


पोर्चुगललाई सर्बियाले बराबरीमा रोकियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १५ गते । सर्बियाले पोर्चुगललाई बराबरीमा रोकेको छ । सर्बियामा गए राति सम्पन्न विश्वकप फुटबल २०२२ को छनौट अन्तर्गतको खेलमा सर्बियाले पोर्चुगललाई २–२ को बराबरीमा रोकेको हो ।
पहिलो हाफमै २–० को अग्रता लिएको पोर्चुगलले उक्त अग्रतालाई जोगाउन नसक्दा सर्बियाले दोस्रो हाफमा दुई गोल गर्दै खेल बराबरीमा टुंग्याउन सफल भयो । बराबरीसँगै दुबैले अङ्क बााँडेको छ । लिभरपुलका डिओगो जोटाले ११ औं मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ३६ औं मिनेटमा जोटाले ब्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलले २–० को अग्रता लिन सफल भयो ।
४६ औं मिनेटमा अलेक्जेण्डर मित्रोभिकले गोल गर्दा सर्बियाले खेल १–२ को स्थितिमा ल्यायो । ६० औं मिनेटमा फिलिप कोस्टिकले गोल थप्दा सर्बियाले पोर्चुगललाई २–२ को बराबरीमा रोक्य पर्याप्त भयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?