logo
२०८१ बैशाख २६ बुधवार



इंग्ल्याण्डको अल्बानियामाथि सहज जित

फुटबल |
खेलकुद |


इंग्ल्याण्डको अल्बानियामाथि सहज जित
तस्विर-गेट्टी इमेजेज


गेरखापत्र अनलाइन
कठमाडौं, चैत्त १६ गते । इंग्ल्याण्डले विश्वकप फुटबल २०२२ को छनौट खेलमा आफ्नो जितलाई निरन्तरता दिएको छ । इंग्ल्याण्डले छनौट अन्तगर्तको आफ्नो दोस्रो खेलमा अल्बानियालाई २–० ले हराएको छ । इंग्ल्याण्डले विश्वकप छनौटमा आफ्नो अपराजित यात्रालाई २३ औं खेलसम्म लम्ब्याएको छ । पहिलो खेलमा इंग्ल्याण्डले सान मारिनोमाथि ५–० को फराकिलो जित हात पारेको थियो ।
इंग्ल्याण्डका कप्तान हयारी केनले ३८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । उहाँले हाफटाइम हुन सात मिनेट बाँकी रहँदा ल्युक शाको क्रसलाई गोलमा परिणत गर्दा इंग्ल्याण्डका लागि आफ्नो ३३ औं गोल पुरा गर्नुभयो । मेसन माउन्टले ६३ औं मिनेटमा गोल गर्दा इंग्ल्याण्डको अल्बानियामाथि २–० को जित दिलाउन पर्याप्त भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?