logo
२०८१ बैशाख २५ मंगलवार



स्पेनको विश्वकप छनौटमा पहिलो जित

फुटबल |
खेलकुद |


स्पेनको विश्वकप छनौटमा पहिलो जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १६ गते । स्पेनले विश्वकप फुटबल २०२२ को छनाेटमा पहिलो जित हात पारेको छ । अतिरिक्त समयमा स्पेनका लागि स्ट्राइकर डेनी ओल्मोले गोल गर्दै जित सुनिश्चित गर्नुभयो । पछिल्लो २८ वर्षमा विश्वकप छनौटको कुनै खेल नहारेको स्पेन हाफटाइमसम्म ०–१ ले पछाडि रहेको थियो । जर्जियाका लागि भिचा कभ्रात्शकेलियाले ४३ औं मिनेटमा गोल गर्दै स्पेन ०–१ ले पछाडि परेको थियो ।
छनाेट अन्तर्गतकाे आफ्नो दोस्रो खेलमा स्पेनले जर्जियामाथि २–१ को जित हात पारेको हो । म्यान्चेष्टर सिटीका फेरन टोरसले जोर्डी अल्बाको क्रसलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभयो । ५६ औं मिनेटमा बराबरी गोल फर्काए पनि खेल १–१ को बराबरीमा सकिने त्रासका बीच थपिएको समयमा ओल्मोले गोल गर्नुभयो । अन्तिम दुई मिनेटमा गर्नुभएको गोलले स्पेनको जित सुनिश्चित भयो ।
छनाेट अन्तर्गतकाे तेस्रो खेलमा स्पेनले बुधबार कोसोभोको सामना गर्नेछ । पहिलो खेलमा स्पेन ग्रीससँग १–१ को बराबरी खेलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?