logo
२०८१ जेष्ठ ७ सोमवार



सुरुवाती एघारबाट रविशंकर र अभिषेक ‘आउट’, अञ्जन प्राथमिकतामै

फुटबल |
खेलकुद |


सुरुवाती एघारबाट रविशंकर र अभिषेक ‘आउट’, अञ्जन प्राथमिकतामै
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १६ गते । त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल खेलको लागि नेपालले आफ्नो सुरुवाती एघार घोषणा गरेको छ । टोलीमा मीडफिल्डर रबिशंकर पासवानको स्थानमा सुनिल बलले प्राथमिकता पाउनुभएको छ । त्यसैगरी, अभिषेक रिजालको स्थानमा विशाल राईलाई उतारिएको छ ।
त्रिदेशीय कप फुटबलको उपाधिका लागि अबको केही बेरमा नेपालले दशरथ रङशालामा बङ्गलादेशको सामना गर्दैछ ।
प्रशिक्षक बालगोपाल महर्जन बङ्गलादेश विरुद्धको खेलमा आक्रामक रणनीति लिएर मैदानमा उत्रिने लक्ष्य लिएको छ । लिगको अन्तिम खेलमा रविशंकर पासवान र सञ्जोग राईलाई दोस्रो हाफमा बिस्थापित गर्दा सुनिल बल र विशाल राईले आक्रामक खेल प्रस्तुत गर्दै गोलका अबसर सृजना गर्नुभएको थियो । यसअघिका खेलहरुमा गोलका अबसरलाई सदुपयोग गर्न नसकेका अञ्जन विष्ट भने पहिलो प्राथमिकतामै पर्नुभएको छ ।
कप्तान किरणकुमार लिम्बूलाई गोलरक्षकमा यथावत राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?