logo
२०८१ जेष्ठ ६ आईतवार



लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनाेट खेल बुटवलमा हुने

फुटबल |
खेलकुद |


लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनाेट खेल बुटवलमा हुने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १७ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले तीन प्रशेको ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ को खेलस्थल सारेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनाेट खेल स्थल सारिएको एन्फाले जनाएको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्राविधिक कारणले खेल स्थल सारिएको बताउनुभएको छ । यसअघि तीनै प्रदेशको छनाेट खेल दाङको घोराहीमा हुने तय भएको थियो । तीनै प्रदेशको छनाेट खेल चैत्त १९ देखि २३ गतेसम्म हुनेछ ।
एन्फाले यसअघि प्रदेश २ को छनौट प्रतियोगिता रद्द गरिसकेको छ । प्रतियोगितामा सहभागी हुने टोली नै नभएपछि एन्फाले प्रदेश २ को छनाेट रद्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?