logo
२०८१ जेष्ठ ६ आईतवार



सर्जियो अग्वेरोले म्यान्चेष्टर सिटी छाड्ने

फुटबल |
खेलकुद |


सर्जियो अग्वेरोले म्यान्चेष्टर सिटी छाड्ने
तस्विर-फाइल


एजेन्सी
काठमाडौं, चैत १७ गते । स्ट्राइकर सर्जियो अग्वेरोले जारी संस्करणको अन्त्यमा म्यान्चेष्टर सिटी छोड्नुहुने भएको छ । सिटीले उक्त घोषणा गरेको हो ।
३२ वर्षीय अग्वेरोको म्यान्चेष्टर सिटीसँगको अनुबन्धन सम्झौता जारी संस्करणको अन्त्यमा सकिँदैछ । र उहाँलाई सम्झौताको नवीकरण नहुने जानकारी गराइएको छ । अर्जेन्टिनाका खेलाडी अग्वेरोले सन् २०११ मा एटलेटिको मड्रिड छोडेर म्यान्चेष्टर सिटीमा आबद्ध हुनुभएको थियो । उहाँले ३८४ खेलमा सिटीको प्रतिनिधित्व गरी २५७ गोल गर्नुभएको छ ।
आगमनको अर्को संस्करणमै सन् २०१२ मा अतिरिक्त समयमा अग्वेरोले थपिएको समयमा गर्नुभएको गोलले ४४ वर्षमा पहिलो पटक सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि हात पारेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?