logo
२०८१ जेष्ठ ६ आईतवार



लेवानडोस्की नखेल्ने, दुई खेलाडीमा कोरोना सङ्क्रमण

फुटबल |
खेलकुद |


लेवानडोस्की नखेल्ने, दुई खेलाडीमा कोरोना सङ्क्रमण
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १७ गते । पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवानडोस्की इंग्ल्याण्ड विरुद्धको विश्वकप फुटबल २०२२ को छनाेट खेलबाट बाहिरिनुभएको छ ।
३२ वर्षीय बेर्यान म्युनिकका खेलाडी गत् आइतबार एन्डोरा विरुद्धको खेलमा घाइते हुनु पुग्नुभयो । एण्डोरा ०–३ ले हार्दा लेवान्डोस्की एक्लैले दुई गोल गर्नुभएको थियो । लेवान्डोस्की भने नौ दिनपछि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सैन्ट जर्माइनको सामना गर्दा फिट भइसक्ने बताइएको छ ।
पोल्याण्डका मिडफिल्डर जेगर्ज रिचोविक र डिफेन्डर कमिल पिटकोस्की कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । टोलीका अन्य सदस्यको कोरोना रिपोर्ट निगेटिभ आएको पोल्याण्डले जनाएको छ । पोल्याण्ड टोलीका गोलकिपर लुकास कोरप्स्की र लिड्सका मिडफिल्डर मटेज लिच गत् साता सङ्क्रमित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?