logo
२०८१ बैशाख १९ बुधवार



बेल्जियमले बेलारुसलाई भारी अन्तरले हरायो

फुटबल |
खेलकुद |


बेल्जियमले बेलारुसलाई भारी अन्तरले हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १८ गते । विश्वकप फुटबल २०२२ को छाेट अन्तगर्तको खेलमा बेल्जियमले बेलारुसमाथि भारी अन्तरको जित हात पारेको छ । बेल्जियमले बेलारुसमाथि एकपक्षीय खेल प्रस्तुत गर्ने क्रममा ८–० को जित हात पार्यो ।
ब्राइटनका लियान्ड्रो ट्रोसार्ड र लेष्टरका डेनिस प्रिटले बेल्जियमका लागि पहिलो अन्तर्राष्ट्रिय गोल  गर्नुभयो । १४ औं मिनेटमा मिची बशुयीले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएको तीन मिनेट नबित्दै हान्स भानाकेन्सले अग्रता दोब्बर पार्नुभयो । लियान्ड्रो ट्रोसार्डले २२ गजबाहिरबाट गर्नुभएको प्रहार गोलमा परिणत हुँदा बेल्जियमले अग्रतालाई तेब्बर पार्नुभयो । जिरेमी डोकुले हाफटाइम हुन तीन मिनेट मात्रै बाँकी रहँदा गर्नुभएको गोलले बेल्जियमले खेलमा ४–० को अग्रता लियो ।
डेनिस प्रिटले बेल्जियमका लागि पाँचौं गोल गर्दा बेन्टेकले ७० औं मिनेटमा छैटाैं तथा ट्रोसार्डले ७५ औं मिनेटमा सातौं गोल गर्नुभयो । हान्स भानाकेन्सले ८९ औं मिनेटमा ब्यक्तिगत् दोस्रो पूरा गर्दा बेल्जियमले खेलमा ८–० को भारी अन्तरको जित सुनिश्चित गर्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?