logo
२०८१ बैशाख १९ बुधवार



जिब्राल्टरको पोष्टमा नेदरल्याण्ड्सको सात गोल

फुटबल |
खेलकुद |


जिब्राल्टरको पोष्टमा नेदरल्याण्ड्सको सात गोल
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १८ गते । दोस्रो हाफमा छ गोल गरेपछि नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७–० ले हराएको छ । पहिलो हाफमा नेदरल्याण्ड्सले एक गोल मात्र गर्न सकेको थियो ।
विश्वकप २०२२ छनाेट प्रतियोगिता अन्तगर्त गए राति सम्पन्न खेलमा घरेलु टोली जिब्राल्टरको अनुशासित खेल अगाडि नेदरल्याण्ड्सले पहिलो हाफ हुन तीन मिनेट अघिसम्म संघर्षरत थियो । तर ंिस्टभन बर्गुइसले ४२ औं मिनेटमा पहिलो गोल गर्दै १–० को अग्रता दिलाउनुभयो ।
मेम्फीस डिपेले दुई गोल गर्नुभयो । लुक डे जोङ, जर्जिनियो विज्नाल्डम र डोनेल मलेन एवमे डोनी भान डे बीकले दोस्रो हाफमा एक एक गोल गरेपछि नेदरल्याण्डसले ७–० को विशाल जित हात पार्न सफल भयो । जितसँगै नेदरल्याण्ड्सले तीन खेलबाट छ अङ्क जोडेर समूह जीको दोस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानमा रहेको टर्कीले तीन खेलबाट सात अङ्क तथा सामान छ अङ्कसहित मोन्टेनेग्रो र नर्वे तेस्रो र चौथो स्थानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?