logo
२०८१ बैशाख १९ बुधवार



पोर्चुगलले लक्जमवर्गलाई हरायो

फुटबल |
खेलकुद |


पोर्चुगलले लक्जमवर्गलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १८ गते । डिआगो जोटा र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरेपछि पोर्चुगलले लक्जमवर्गलाई हराएको छ । पोर्चुगलले लक्जमवर्गमाथि ३–१ को जित हात पारेको हो ।
विश्वकप फुटबल २०२२ छनाेट प्रतियोगिता अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लक्जमवर्गमाथि जित हात पार्दा तालिकामा शीर्षस्थानमा उक्लेको छ । उसले तीन खेलबाट सात अङ्क आर्जन गरेको छ । सामान सात अङ्कसहित सर्बिया दोस्रो तथा दुई खेलबाट तीन अङ्क बटुलेको लक्जमवर्ग तेस्रो स्थानमा छ ।
लक्जमवर्गले रिपब्लिक आयरल्याण्डलाई हराउँदै विश्वकप छनाेटको उत्कृष्ट सुरुवात गरेको थियो । ३० औं मिनेटमा गर्सन रोड्रिगजको हेडरबाट पोर्चुगलमाथि १–० को अग्रता बनाएको लक्जमवर्गले त्यसपछि खेलमा फर्किन सकेन । लिभरपुलका फरवार्ड जोटाले हाफटाइममा थपिएको समयको दोस्रो मिनेटमा पोर्चुगलका लागि पहिलो गोल गर्दै खेल बराबरीको स्थितिमा ल्यायो । दोस्रो हाफको सुरुवातमै क्रिष्टियानो रोनाल्डोले गोल गर्दा पोर्चुगलले २–१ को अग्रता लियो ।
आल्भ्स पल्हिन्हा गनक्लेभ्सले ८० औं मिनेटमा गोल गर्दा पोर्चुगलले लक्जमवर्गमाथि ३–१ को जित सुनिश्चित गर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?