logo
२०८१ बैशाख १५ शनिवार



फ्रान्सले बोस्निया हर्जगाेभिनालाई हराउँदै शीर्षस्थानमा उक्लियो

फुटबल |
खेलकुद |


फ्रान्सले बोस्निया हर्जगाेभिनालाई हराउँदै शीर्षस्थानमा उक्लियो
तस्विर-गेट्टी इमेजेज


एजेन्सी
काठमाडौं, चैत १९ गते । एन्टोनियो ग्रिजमनले दोस्रो हाफमा गर्नुभएको गोलले साबिक विश्वकप विजेता फ्रान्सले बोस्निया हर्जेगोभिनालाई हराएको छ । विश्वकप फुटबल प्रतियोगिता २०२२ को छनाेट अन्तगर्तको खेलमा फ्रान्सले बोस्नियालाई १–० ले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । ६० औं मिनेटमा एन्टोनियो ग्रिजमनले गोलपोष्ट नजिकबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि फ्रान्सले जित हात पार्न सफल भयो । उहाँले हेडरमार्फत गोल गर्नुभयो ।
बेञ्जामिन पभार्डले गर्नुभएको शक्तिशाली प्रहार रोकिएपछि फ्रान्सले थप गोलबाट वञ्चित हुन पुग्यो । जितसँगै फ्रान्स समूह डी को शीर्षस्थानमा उक्लेको छ । उसले तीन खेलबाट सात अङ्क जोडेको हो । पहिलो हाफमा गोलको प्रयासलाई टट्नहमका गोलरक्षक ह्युगो लोरिसले बिफल तुल्याएपछि बोस्निया निराश हुन पुग्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?