logo
२०८१ बैशाख १५ शनिवार



स्पेनले कोसोभोलाई हरायो

फुटबल |
खेलकुद |


स्पेनले कोसोभोलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १९ गते । स्पेनले विश्वकप छनौट खेलमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । गए राति सम्पन्न खेलमा कोसोभोलाई हराएर उसले अपराजित यात्रालाई जारी राखेको हो ।
कोसोभोमाथि ३–१ को जितमा म्यान्चेष्टर सिटीका फरवार्ड फेरन टोरस, डेनी ओल्मो र जिरार्ड मोरेनोले एक एक गोल गर्नुभयो । कोसोभोका लागि बेसार हलिमिले एक गोल फर्काएपनि शान्त्वनामा सीमित हुन पुग्यो । ३४ औं मिनेटमा ओल्मोको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल भयो । दुई मिनेट नबित्दै टोरसले गोल थप्दा स्पेनले अग्रतालाई दोब्बर पार्यो । ७० औं मिनेटमा बेसार हलिमिले कोसोभोका लागि गोल फर्काउँदा खेल १–२ को स्थितिमा आयो । तर मोरेनोको हेडर गोलमा परिणत भएपछि स्पेनले अग्रतालाई थप फराकिलो बनाउँदै कोसोभोमाथि ३–१ को जित सुनिश्चित गर्यो ।
जितसँगै स्पेन समूह बी को शीर्ष स्थानमा उक्लेको छ । उसले तीन खेलबाट सात अङ्क जोडेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?