logo
२०८१ बैशाख १५ शनिवार



इंग्ल्याण्डले विश्वकप छनौटको तीन खेलबाट नौ अङ्क जोड्यो

फुटबल |
खेलकुद |


इंग्ल्याण्डले विश्वकप छनौटको तीन खेलबाट नौ अङ्क जोड्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १९ गते । इंग्ल्याण्डले विश्वकप फुटबल २०२२ को छनौट अन्तगर्तको आफ्नो तेस्रो खेल समेत जितेको छ । समूह आइ अन्तगर्तको खेलमा इंग्ल्याण्डले पोल्याण्डमाथि २–१ को जित हात पारेको छ ।
पोल्याण्डलाई हराएपछि इंग्ल्याण्डले तीन खेलबाट तीनैमा जित हात पारेर नौ अङ्क जोडेको छ । पोल्याण्डले सान मारिनो र अल्बानियाले इंग्ल्याण्ड बिरुद्ध खेलेकोभन्दा चुनौतीपूर्ण प्रदर्शन गर्दागर्दै हार बेहोर्न बाध्य भयो । दोस्रो हाफको अन्त्यसम्म १–१ को बराबरीमा सीमित हुन पुगेको इंग्ल्याण्डमाथि अङ्क बाँड्ने जोखिम बढेको थियो । तर खेल सकिन पाँच मिनेट मात्रै बाँकी रहँदा इंग्ल्याण्डका लागि मैग्वेरेले गोल गर्दा इंग्ल्याण्डको जित सम्भब भयो ।
खेलको सुरुवातमै कप्तान हयारी केनले आफ्नो ३४ औं अन्तर्राष्ट्रिय गोल पुरा गर्दा इंग्ल्याण्डले १–० को अग्रता लियो । माइकल हेलिकले रहिम स्टर्लिङलाई लडाउन पुग्दा इंग्ल्याण्डले पाएको पेनाल्टीको अबसरलाई केनले १९ औं मिनेटमा गोलमा परिणत गर्नुभयो ।
खेलको ५८ औं मिनेटमा जाकूब मोडेरले गोल गर्दा पोल्याण्डले खेल १–१ को बराबरीमा ल्यायो । तर मैग्वेरेले खेल सकिन केही मिनेट मात्रै बाँकी रहँदा गर्नुभएको गोलले इंग्ल्याण्डको जित सुनिश्चित गर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?