logo
२०८१ बैशाख १५ शनिवार



रियल मड्रिडका कप्तान च्याम्पियन्स लिगको दुबै लिग नखेल्ने

फुटबल |
खेलकुद |


रियल मड्रिडका कप्तान च्याम्पियन्स लिगको दुबै लिग नखेल्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २० गते । रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग क्वार्टर फाइनलको दुबै लिगमा अनुपस्थित हुनुहुने भएको छ । खुट्टामा आएको समस्याका कारण उहाँ लिभरपुल विरुद्धको क्वार्टरफाइनलको दुबै लिग नखेल्ने हुनुभएको छ ।
रियल मड्रिडले मङ्गलबार लिभरपुलको सामना गर्दैछ । स्पेनका सर्जियो रामोसले इन्स्टाग्राममा टोलीलाई अत्याधिक आवश्यक रहेको समयमा आफू सहयोग गर्न नसक्ने अवस्थामा पुगेकोमा निराशा ब्यक्त गर्नुभएको छ । स्पेनले विश्वकप फुटबल २०२२ को छनौट खेल अन्तर्गत गत बिहीबार कोसोभोलाई ३–१ ले हराउने क्रममा रामोस घाइते हुन पुगेका थिए ।
रियलले पहिलो लिग घरेलु मैदानमा खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?