logo
२०८१ बैशाख २७ बिहीवार



एएफसी कपमा त्रिभुवन आर्मीले श्रीलङ्का पुलिसको सामना गर्ने

फुटबल |
खेलकुद |


एएफसी कपमा त्रिभुवन आर्मीले श्रीलङ्का पुलिसको सामना गर्ने
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २० गते । त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलङ्का पुलिस खेलकूद क्लबसँग फुटबल म्याच खेल्ने भएको छ । एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले प्रारम्भिक चरणमा श्रीलङ्काली पुलिससँग भिड्न लागेको हो ।
दशरथ रङशालामा दुबै टोलीले आगामी बुधबार स्पर्धा गर्ने अखिल नेपाल फुटबल संघले जनाएको छ ।
संघले भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त स्पर्धाबारे जानकारी गराएको हो । त्रिभुवन आर्मी क्लबका ब्यवस्थापक बिकास मल्लले अर्को चरणमा प्रबेश गर्ने लक्ष्यका साथ श्रीलङ्काको पुलिस क्लबसँग स्पर्धा गर्ने तयारी गरिएको बताउनुभयो ।
उक्त खेलमा रङशालाको कुल दर्शक क्षमताको पचास प्रतिशत दर्शक अटाउने गरी उपस्थिति रहनेछ । एसियाली फुटबल संघले क्षमताको पचास प्रतिशत दर्शक राख्न पाउने अनुमति दिएपछि एन्फाले उक्त खेलमा दर्शकलाई प्रवेश खुला गरेको छ । खेल बुधबार साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?