logo
२०८१ बैशाख २७ बिहीवार



रियल मड्रिडले बार्सिलोनालाई हरायो

फुटबल |
खेलकुद |


रियल मड्रिडले बार्सिलोनालाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २९ गते । रियल मड्रिडले बार्सिलोनालाई हराएको छ । स्पेनिस ला लिगा अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको हो ।
बार्सिलोनामाथि जितसँगै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लेको छ । १३ औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट रियल मड्रिडले सुरुवाती अग्रता लियो । उहाँले ला लिगाको आफ्नो नौ खेलमा सातौं गोल गर्नुभयो । रियल मड्रिडले हाफ टाइमभन्दा ठीक अगाडि गोल अन्तरलाई दोब्बर बनायो । टोनी क्रूजले फ्रि किकलाई गोल पोष्टतिर तेर्स्याउनुभयो ।
ओस्कार मिनगुएजाले बार्सिलोनाका लागि ६० औं मिनेटमा गोल गर्दै पुनरागमन गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । जितसँगै रियलले ३० खेलबाट ६६ अङ्क बटुलेको छ । एटलेटिको मड्रिडको समेत ६६ अङ्क छ । बार्सिलोनाले भने ३० खेलबाट ६५ अङ्क बटुलेर तेस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?