logo
२०८१ बैशाख २७ बिहीवार



नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक (तालिकासहित)

फुटबल |
खेलकुद |


नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक (तालिकासहित)
तस्विर सौजन्य–नेपाल सुपर लिग


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३१ गते । नेपालमा बैशाख दोस्रो सातादेखि सुरु हुन लागेको नेपाल सुपर लिगको खेलतालिका सार्वजनिक  भएको छ । नेपाल सुपर लिगको उद्घाटन खेल बैशाख ११ गते शनिबार हुनेछ । नेपालको पहिलो फुटबल फ्रेञ्चाइज प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीको सामना गर्नेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा हुनेछ ।
नेपाल सुपर लिगले सार्वजनिक गरेको तालिका बमोजिम प्रतियोगिता अवधिभरि २५ खेल हुनेछ । बैशाख ११ गते शनिबारबाट सुरु हुने प्रतियोगिताको उपाधिको खेल जेठ १ गते हुनेछ । लिग चरणको अन्तिम खेल वैशाख २६ गते हुनेछ । वैशाख २८ र २९ गते लिगमा उत्कृष्ट हुने चार टोलिले स्पर्धा गर्नेछ । वैशाख ३० गते एलिमिनेटर खेल हुनेछ ।


लिग चरणको १५ दिनको अवधिमा २१ खेल हुनेछ । प्रतियोगितामा सहभागी सबै सात फ्रेञ्चाइज टोलीले लिग चरणमा छ छ खेल खेल्नेछन् ।
प्रतियोगितामा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, विराटनगर सिटी एफसी, धनगढी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र एफसी चितवन सहभागी हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?