logo
२०८१ बैशाख २७ बिहीवार



बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

फुटबल |
खेलकुद |


बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३१ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीकाे घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणका लागि ३२ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।
एन्फाका अनुसार बन्द प्रशिक्षण एक महिनापछि मई १७ देखि सुरु हुनेछ । गोलरक्षकमा चार जना, डिफेन्समा नौ जना, मीडफिल्डमा १५ जना तथा फरवार्डमा चार जना खेलाडी अटाएका छन् ।
बन्द प्रशिक्षणमा गोलरक्षकको रुपमा कप्तान समेत रहनुभएका किरणकुमार लिम्बू, बिकेश कुथु, दीप कार्की र विशाल सुनार छनोट भएका छन् । रक्षात्मक पंक्तिमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास छन् ।
त्यसैगरी, मिडफिल्डमा त्रिदेव गुरुङ, मनीष डाँगी, तेज तामाङ, एरिक विष्ट, सञ्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, शेशाङ आङदम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, श्यान्सु भूषाल, अञ्जन विष्ट र सुमन लामा छन् ।
फरवार्डमा दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास र नवयुग श्रेष्ठ छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?