logo
२०८१ बैशाख २७ बिहीवार



लिभरपुल विरुद्धको खेल अगाडि सर्जियो रामोस कोरोनाबाट सङ्क्रमित

फुटबल |
खेलकुद |


लिभरपुल विरुद्धको खेल अगाडि सर्जियो रामोस कोरोनाबाट सङ्क्रमित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३१ गते । रियल मड्रिडका कप्तान सर्जियो रामोस कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । रियल मड्रिडले च्याम्पियन्स लिगको सेकेण्ड लेगमा लिभरपुलको सामना गर्न तयार रहेको अवस्थामा कप्तान रामोस सङ्क्रमित भएर क्वारेन्टिनमा बस्नुपरेको हो ।
क्लबले कोरोनाभाइरसको नियमित परीक्षण गर्दा रामोसमा सङ्क्रमणको पुष्टि भएको हो । सङ्क्रमित भएपछि उहाँ दश दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।
रियलका कप्तान सर्जियोले गत साता सम्पन्न पहिलो लेगमा समेत अनुपस्थित हुनुपरेको थियो । घाइते भएपछि उहाँ पहिलो लेग खेल्न पाउनुभएन । यद्यपि रियलले उहाँको अनुपस्थितिमै ३–१ को जित हात पारेको थियो ।
अन्तिम चारमा स्थान सुनिश्चित गर्न रियल मड्रिडले बुधबार एनफिल्डमा लिभरपुलको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?