logo
२०८१ बैशाख २८ शुक्रवार



पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १ गते । पेरिस सैन्ट जर्माइन(पीएसजी)ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा हार बेहोरेको छ । बेयार्न म्युनिकले पीएसजीलाई १–० ले हराएको हो । जितका बावजूद बेयार्नले सेमीफाइनलको यात्रा तय गर्न सकेन । पीएसजीले घर बाहिरको खेलमा गरेको गोलको आधारमा आगामी यात्रा तय गर्न सफल भयो । पहिलो लेग पीएसजीले ३–२ ले जितेको थियो । औसतमा ३–३ मा खेल टुंगियो ।
गत् वर्ष फाइनलमा उपाधिका लागि स्पर्धा गरेको दुबै टोलिले उत्कृष्ट खेल पस्केको थियो । पहिलो हाफमा बेयार्नले पीएसजीमाथि दबाब बनाएपनि गोलकिपर मैनुएल निउरले विफल तुल्याउनुभयो । यद्दपी बेयार्नले हाफ टाइमभन्दा पाँच मिनेट अघि एरिक मैक्जिम चोपो मोटिङको गोलबाट १–० को अग्रता बनाउन सफल भयो ।
घाइते भएर मैदान बाहिर रहेका रोबर्ट लेवाडोन्स्कीको अनुपस्थिति बेयार्न म्युनिकको लयमा देखा पर्यो ।
सेमीफाइनलमा पीएसजीले बोरसिया डर्टमन्ड र म्यान्चेष्टर सिटीबीचको बिजेतासँग स्पर्धा गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?