logo
२०८१ बैशाख २८ शुक्रवार



बैंगलुरुबाट हार बेहोर्दा त्रिभुवन आर्मी एएफसी कपबाट बाहिरियो

फुटबल |
खेलकुद |


बैंगलुरुबाट हार बेहोर्दा त्रिभुवन आर्मी एएफसी कपबाट बाहिरियो
तस्विर–एएफसी


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २ गते । त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल सङ्घको क्लबस्तरीय खेलको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । प्रारम्भिक चरणको दोस्रो खेलमा त्रिभुवन आर्मी भारतको बैंगलुरु एफसीबाट हार बेहोर्न पुग्यो ।
भारतको गोवामा गए राति अबेर सम्पन्न खेलमा त्रिभुवन आर्मीले ०–५ को फराकिलो अन्तरको हार बेहोर्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेर उत्कृष्ट खेल पस्केको आर्मीले दोस्रो हाफको सुरुवाती २० मिनेट नियन्त्रण गुमाउँदा बैंगलुरुले एक पछि अर्को गर्दै पाँच गोल थप्यो । बैंगलुरु एफसी एएफसी कप फुटबलको प्ले अफमा प्रवेश गरेको छ ।
बैंगलुरुका लागि राहुल भेके र क्लेटन सिल्भाले सामान दुई दुई गोल गर्नुभयो । बैंगलुरुका कप्तान सुनिल क्षेत्रीले एक गोल गर्दा घरेलु मैदानमा उसले ५–० को जित सुनिश्चित गर्यो । त्रिभुवन आर्मीले प्रारम्भिक चरणको पहिलो खेलमा श्रीलङ्काली पुलिसमाथि फराकिलो अन्तरको जित हात पारेको थियो ।
खेल सुरु भएको १३ औं र १५ औं मिनेटमै त्रिभुवन आर्मीले गोल गर्ने अवसर पाएको थियो । तर बैंगलुरुका गुरप्रित सिंहले छेक्दा आर्मीले अग्रता लिन सकेन । दुई मिनेटपछि नवयुगले गर्नुभएको प्रहार समेत राहुल भेकेले विफल तुल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?