logo
२०८१ बैशाख २७ बिहीवार



रियल मड्रिड सेमीफाइनलमा पुग्यो, लिभरपुल बाहिरियो

फुटबल |
खेलकुद |


रियल मड्रिड सेमीफाइनलमा पुग्यो, लिभरपुल बाहिरियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २ गते । रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । लिभरपुललाई गोलरहित बराबरीमा रोकेको रियल मड्रिडले पहिलो लेगमा पाएको जितको आधारमा सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।
रियल मड्रिडले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३–१ को जित हात पारेको थियो । उक्त जितलाई सुरक्षित राख्न सक्दा ऊ सेमीफाइनलमा चेल्सीसँगको भेट सुनिश्चित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?