logo
२०८१ जेष्ठ ७ सोमवार



उद्घाटन खेलमा लेटाङ विजयी

फुटबल |
खेलकुद |


उद्घाटन खेलमा लेटाङ विजयी
तस्विर–हरिप्रसाद कोइराला


गोरखापत्र अनलाइन
मोरङ, वैशाख ७ गते । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सोमबार सुरु भएको अन्तरनगरपालिका स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ नगरपालिका विजयी भएको छ ।
८० मिनेटको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि लेटाङले टाइब्रेकरमा बेलबारीलाई ३–४ ले हरायो । सोमबार पाएको जितसँगै लेटाङ अन्तिम चारमा प्रवेश गरेको छ । उद्घाटन खेलमा लेटाङका अभिषेक लिम्बू,सुन्दर लिम्बू,यमन मगर र शौलन तामाङले गोल गर्नुभयो ।
यसैगरी, बेलबारीका तर्फबाट देवेन धिमाल, कासिम राई र राजकुमार राईले गोल गर्नुभयो । बेलबारीका किरण लिम्बू र अरुण लिम्बूको प्रहार नियन्त्रणमा लिने लेटाङका गोल रक्षक अन्जित श्रेष्ठ म्यान अफ म्याच घोषित हुनुहभयो । उहाँले तीन हजार रुपियाँसहित ट्रफीबाट पुरस्कृत हुनुभयो ।
शुक्रबारे खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन सुन्दरहरैंचाका नगर प्रमुख शिवप्रसाद ढकालले गर्नुभयो । प्रतियोगितामा मोरङका एक महानगरसहित ९ वटा नगरपालिकाले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेतालाई तीन लाख र उप विजेतालाई एक लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
मङ्गलबार उर्लाबारी नगरपालिका र रतुवामाई नगरपालिकाबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?