logo
२०८१ जेष्ठ ७ सोमवार



बार्सिलोना तेस्रो स्थानमा उक्लियो

फुटबल |
खेलकुद |


बार्सिलोना तेस्रो स्थानमा उक्लियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १० गते । बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । सेभियाभन्दा मुनि रहेको बार्सिलोनाले गए राति सम्पन्न खेलमा गेटाफेलाई फराकिलो अन्तरले हराएर तेस्रो स्थानमा उक्लेको हो । दोस्रो स्थानमा रियल मड्रिडभन्दा बार्सिलोनाको दुई अङ्क कम छ । बार्सिलोनाले रियल र शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा एक खेल कम खेलेको छ । एटलेटिकोले ३२ खेलबाट ७३ अङ्क बटुलेको छ । रियलको ७० र बार्सिलोनाको ६८ अङ्क छ ।
बार्सिलोनाले गेटाफेमाथि ५–२ को जित हात पार्दा लियोनल मेस्सीले दुई गोल गर्नुभयो । मेस्सीले आठौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउनुभयो । १२ औं मिनेटमा क्लिमेन्ट लेन्ग्लेटले आफ्नै पोष्टमा गोल हानेपछि खेल १–१ को बराबरीमा आयो ।
तर २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले आफ्नै पोष्टमा गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता बनायो । हाफटाइम आउन १२ मिनेट बाँकी रहँदा मेस्सीले गोल थप्दै अग्रतालाई ३–१ बनाउनुभयो । ६९ औं मिनेटमा एनिस यूनालको गोलले गेटाफेका लागि केही आशा दिलाएपनि रोनाल्ड अरौजो र एन्टोनि ग्रिजमनको गोलले बार्सिलोनालाई ५–२ को जित दिलाउन पर्याप्त भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?