logo
२०८१ जेष्ठ ७ सोमवार



एटलेटिको मड्रिडको हार र बार्सिलोनाको जितपछि उपाधिको होड खुला

फुटबल |
खेलकुद |


एटलेटिको मड्रिडको हार र बार्सिलोनाको जितपछि उपाधिको होड खुला
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १३ गते । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडको हारपछि उपाधिको होड रोमाञ्चक स्थितिमा पुगेको छ । एटलेटिको मड्रिडले एथलेटिको बिल्बाओसँग हार बेहोरेको छ ।
आइतबार राति अबेर सम्पन्न खेलमा एथलेटिक बिल्बाओले एटलेटिको मड्रिडलाई २–१ ले हराएको हो । दोस्रो हाफको अन्तिम समयमा इनिगो मार्टिनेजले गर्नुभएको गोलले एथलेटिक बिल्बाओको जित सुनिश्चित हुँदा प्रतियोगिताको उपाधि जित्ने होडमा बार्सिलोनालाई समेत जिवित राखेको छ ।
आठौं मिनेटमा बेरेगुएर रेमिरोको गोलबाट एथलेटिक बिल्बाओले एटलेटिको मड्रिडमाथि १–० को अग्रता बनायो । तर ७७ औं मिनेटमा स्टिफन साभिकले गोल गर्दै एटलेटिको मड्रिडलाई खेलमा पुनरागमन गराउनुभयो । तर एटलेटिकोले उक्त बराबरीलाई कायम राख्न सकेन । मार्टिनेजले ८६ औं मिनेटमा गोल गर्दै बिल्बाओको जित सुनिश्चित गर्नुभयो ।
एटलेटिको मड्रिडको ७३ अङ्क छ । दोस्रो स्थानको रियल मड्रिडको ७१ र बार्सिलोना ७१ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको एटलेटिको र रियल मड्रिडले कुनै खेल खेल्न बाँकी छैन् । बार्सिलोनाले अझै एक खेल खेल्न बाँकी नै छ । गए राति नै भिल्लारियललाई हराएर बार्सिलोनाले ला लिगाको उपाधि जित्ने आफ्नो सम्भाबनालाई थप जिवित बनाएको छ । बिहीबार बार्सिलोनाले ग्रनाडाको सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?