logo
२०८१ जेष्ठ ७ सोमवार



एसी मिलानका ज्लाटन इब्राहिमोभिकमाथि छानबिन हुँदै

फुटबल |
खेलकुद |


एसी मिलानका ज्लाटन इब्राहिमोभिकमाथि छानबिन हुँदै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १४ गते । यूरोपेली फुटबल सङ्घ(यूइएफए)ले ज्लाटन इब्राहिमोभिकमाथि छानबिन सुरु गरेको छ । एक सट्टेबाज कम्पनीसँग वित्तीय कारोबारका लागि चासो देखाएको आरोपमा उहाँमाथि अनुसन्धान सुरु गरिएको छ ।
स्वीडेनमा सार्वजनिक गरिएको प्रतिवेदन बमोजिम एसी मिलानका ३९ वर्षीय स्ट्राइकर इब्राहिमोभिकले एक सट्टेबाज कम्पनीको साझेदार भएर कानुनको उल्लङ्घन गर्नुभएको आरोप लगाइएको छ । गत साता इब्राहिमोभिकले एक सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
म्यान्चेष्टर युनाइटेडका पूर्ब स्ट्राइकर इब्राहिमोभिकले जारी सिजनको २५ खेलमा १७ गोल गर्नुभएको छ । गतवर्ष मात्रै उहाँले स्वीडेनका लागि अन्तर्राष्ट्रिय स्पर्धा खेल्ने पाँच वर्षे सन्यास तोड्नुभएको थियो ।
यसैबीच इब्राहिमोभिकमाथि चार हजार युरोको जरिवानासमेत लागेको छ । इन्टर मिलानका स्ट्राइकर रोमेलो लुकाकुसँग भिडेको प्रकरणमा उहाँलाई दोषी ठहर गरिएको हो । गत् जनवरी महिनामा कोपा इटालियाको खेलको क्रममा दुई जना जुधेका थिए । उक्त प्रकरणमा लुकाकुलाई समेत दोषी ठहर गरिएको छ । उहाँमाथि तीन हजार यूरो जरिवाना तोकिएको छ ।
युरोपेली फुटबल सङ्घको अनुशासन नियमावलीले सदस्य राष्ट्रका खेलाडीको चासो वित्तीय कारोबारमा हुन नहुने ब्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?