logo
२०८१ जेष्ठ ७ सोमवार



धनगढीले काठमाडौंको सामना गर्दै

फुटबल |
खेलकुद |


धनगढीले काठमाडौंको सामना गर्दै
तस्विर–एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १४ गते । नेपाल सुपर लिग फ्रेञ्चाइज फुटबल अन्तगर्त आज हुने एक मात्र खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीको सामना गर्दैछ । काठमाडौं अङ्क तालिकाको तेस्रो स्थानमा छ भने धनगढी सात फ्रेञ्चाइज सम्मिलित लिगको पूछारमा छ ।
लिग अन्तगर्तको पाँचौं खेलमा काठमाडौं र धनगढीबीच साँझ साढे पाँच बजेबाट सुरु हुनेछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा हुनेछ ।
सोमबार सम्पन्न खेलमा ललितपुर सिटी एफसीलाई चितवनले बराबरीमा रोक्दै अङ्क बाँडेको थियो । चितवन चौथो स्थानमा छ । पहिलो खेलमै काठमाडौंबाट हार बेहोरेको ललितपुर दोस्रो खेलमा अङ्क बाँडेपछि तालिकाको पाँचौं स्थानमा छ ।
धनगढीले पहिलो खेलमा हार बेहोरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?