logo
२०८१ जेष्ठ ७ सोमवार



चितवनले बुटबलको सामना गर्दै, धनगढीले काठमाडौंलाई हरायो

फुटबल |
खेलकुद |


चितवनले बुटबलको सामना गर्दै, धनगढीले काठमाडौंलाई हरायो
तस्विर–एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १५ गते । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछ । पहिलो खेलमा चितवन एफसीले बुटवल लुम्बिनि एफसीको सामना गर्दैछ । उक्त खेल अपरान्ह साढे २ बजेदेखि हुँदैछ ।
प्रतियोगिता अन्तगर्त दिनको दोस्रो खेलमा बिराटनगर सिटी एफसीले पोखरा थन्डर्सको सामना गर्दैछ । उक्त खेल साँझ साढे पाँच बजेदेखि हुनेछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
यसअघि प्रतियोगिता अन्तगर्त मंगलबार सम्पन्न एक मात्र खेलमा धनगढीले काठमाडौंमाथि सहज जित हात पारेको छ । काठमाडौंमाथि जितसँगै धनगढी अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
धनगढीले जित हात पार्ने क्रममा तीन वटै गोल पहिलो हाफमै गरेको थियो । टङ्क बस्नेतले १९ औं मिनेटमा गर्नुभएको गोलबाट १–० को अग्रता पाएको धनगढीले २३ औं मिनेटमा ओलवाले अफिजको गोलले अग्रता दोब्बर पार्यो । अफिजले हाफ टाइम सकिनु अघि थपिएको समयको अन्तिम मिनेटमा थप्नुभएको गोल धनगढीको काठमाडौंमाथि जितका लागि पर्याप्त भयो ।
काठमाडौं चौथो स्थानमा झरेको छ । धनगढीले एकमा जित र एकमा हार बेहोरेको छ । बिराटनगर सिटी एफसीले भने एक खेलमा जित हात पार्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा बुटवल लुम्बिनि एफसी छ ।
चितवन पाँचौं स्थानमा छ । ललितपुर सिटी एफसी भने छैठौं र पोखरा अन्तिम स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?