logo
२०८१ मंसिर ८ शनिवार



चितवनले बुटवललाई बराबरीमा रोक्यो

फुटबल |
खेलकुद |


चितवनले बुटवललाई बराबरीमा रोक्यो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १५ गते । नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न पहिलो खेल बराबरीमा टुङ्गिएको छ । आज सम्पन्न दिनको पहिलो खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा एफसी चितवनले २–० को अग्रता जोगाउन सकेन । पहिलो हाफको सुरुवातमै चितवनले प्रिन्स र टेक बहादुरको गोलबाट २–० को महत्वपूर्ण अग्रता लियो । पहिलो हाफको ३२ औं मिनेटमा आशिष लामाको प्रहारबाट खेलमा पुनरागमन गरेको बुटवलले दोस्रो हाफमा थप गोल गर्यो । लक्ष्मण रुचालले ६४ औं मिनेटमा गोल थप्दा एफसी चितवन २–२ को बराबरीमा रोकिँदै अङ्क बाँड्न बाध्य भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?