logo
२०८१ मंसिर ८ शनिवार



काठमाडौंले बुटवललाई हरायो

फुटबल |
खेलकुद |


काठमाडौंले बुटवललाई हरायो


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २२ गते । नेपाल सुपर लिग(एनएसएल) फुटबल प्रतियोगितामा काठमाडौं रेजर्सले बुटवल लुम्बिनि एफसीलाई हराएको छ । जितसँगै काठमाडौं अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । समान सात अङ्क रहेको बिराटनगर, धनगढी र काठमाडौं पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा मंगलबार सम्पन्न खेलमा काठमाडौंले बुटवल सिटी एफसीमाथि १–० को जित हात पार्यो । काठमाडौंको जितमा स्टिफन बिनोङले गर्नुभएको एक मात्र गोल निर्णायक हुन गयो । उहाँले खेल सुरु भएको पाँचौं मिनेटमा गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?