logo
२०८१ मंसिर ८ शनिवार



बुटवलमाथि जितसँगै ललितपुर चौथो स्थानमा उक्लियो

फुटबल |
खेलकुद |


बुटवलमाथि जितसँगै ललितपुर चौथो स्थानमा उक्लियो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २३ गते । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको चौथो स्थानमा उक्लिएको छ । बिहीबार सम्पन्न दिनको पहिलो खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनि एफसीलाई हराएको छ ।
अङ्कतालिकाको चौथो स्थानमा उक्लेको ललितपुरको प्ले अफमा पुग्ने सम्भाबना जिवितै रहेको छ । ललितपुरले पाँच खेलबाट एकमा जित, तीन बराबरी र एकमा हार बेहोरेको छ । उसले हाल सात अङ्क जोडेको छ । लिगको अन्तिम खेलमा जित हात पारे ललितपुर प्ले अफ पुग्नेछ । बुटवल लुम्बिनिको भने प्ले अफ पुग्ने सम्भाबना कठीन भएको छ । उसले पाँच खेलबाट मात्र पाँच अङ्क जोडेको छ । दुई खेलमा हार, दुई बराबरी र एक खेल मात्रै जितेको बुटवलको पाँच अङ्क छ ।
ललितपुरको जितमा नुर्लान जहिदले सुरुवातमै गर्नुभएको एक मात्र गोल निर्णायक भयो । जहिदले खेल सुरु भएको छैठौं मिनेटमा गोल गर्दै ललितपुर सिटीलाई १–० को अग्रता दिलाउनुभयो । त्यसपछि खेल अबधि दुबै टोलिले गोल गर्न सकेनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?