logo
२०८१ मंसिर ८ शनिवार



ललितपुरले बुटवल लुम्बिनीको सामना गर्दै

फुटबल |
खेलकुद |


ललितपुरले बुटवल लुम्बिनीको सामना गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २९ गते । नेपाल सुपर लिग(एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको एलिमिनेटरमा ललितपुर सिटी एफसीले बुटवल लम्बिनी एफसीको सामना गर्दैछ । एलिमिनेटरमा जित हात पार्ने टोलिले दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।
दोस्रो क्वालिफायरको विजेता टोलीले फाइनलमा धनगढीसँगको भेट सुनिश्चित गर्नेछ । धनगढी एफसीले पहिलो प्ले अफमा काठमाडौंलाई हराएर फाइनलको यात्रा सुनिश्चित गरिसकेको छ । पहिलो प्ले अफमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको दुई टोलीले स्पर्धा गरेको थियो । हार बेहोर्ने टोलीले अर्को अबसर समेत पाउने भएकोले काठमाडौं रेजर्सले आजको विजेता टोलीसँग बिहीबार फाइनलमा स्थान सुनिश्चित गर्न स्पर्धा गर्नेछ ।
बुटवल लुम्बिनी एफसी र ललितपुरबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेपछि खेलाइनेछ । यसअघि लिग चरणमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित हात पारेको थियो । उक्त जितले उच्च आत्मबलसहित ललितपुरले बुटवलको सामना गर्नेछ । बुटवलले भने लिग चरणमा बेहोरेको हारलाई बिर्सदै ललितपुरलाई हराएर दोस्रो क्वालिफायरमा पुग्ने सोचका साथ मैदानमा उत्रिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?