गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ४ गते । इंग्ल्याण्डका स्ट्राइकर हयारी केन क्लब छोडने खबरले टटनहम स्तब्ध बनेको छ । उक्त खबरपछि टटनहमले सोमबार नै एक वक्तब्य जारी गरी जारी सिजनमा उत्कृष्ट गर्ने एक मात्र लक्ष्यमा केन्द्रित रहन सबैलाई आग्रह गरेको छ ।
इंग्ल्याण्डका कप्तान समेत रहनुभएका केन सन् २०२४ मा टटनहममा रहने सम्झौता गर्नुभएको छ । बाहिर आएजसरी केनले न त स्थानान्तरणको आग्रह नै गर्नुभएको छ न त्यस सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्नुभएको छ । क्लब फुटबलमा ट्रफीबिहीन बन्न पुग्दा हयारी केन निराश हुनुभएको जनाइएको छ । गत् अप्रिल महिनामा टटनहम कारबाओ कपको उपाधिको होडमा म्यान्चेष्टर सिटीसँग हार बेहोरेको थियो । उक्त हारपछि टटनहमका प्रशिक्षक जोस मौरिन्हो बर्खास्त हुनुभएको थियो ।