गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १७ गते । विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय फुटबल टोलि कुवेत पुगेको छ । अखिल नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टोलि कुवेत पुगेर सोमबार शारीरिक तन्दरुस्तीका लागि जिम क्लब भ्रमण गरेको छ ।
कुवेतमा नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको दोस्रो चरणमा चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गर्नेछ । नेपालले छनोट अन्तगर्तको छैठौं खेलमा बिहीबार चाइनिज ताइपेइको सामना गर्नेछ । नेपाल तालिकाको चौथो स्थानमा छ । नेपालले छनोट अन्तगर्तको पाँच खेलमध्ये एउटामा मात्र जित हात पार्न सकेको छ ।
कुवेत प्रस्थान गर्नुअघि नेपालले शनिबार इराक बिरुद्ध मैत्रीपूर्ण स्पर्धा गरेको थियो । जसमा नेपालले इराकसँग २–६ ले हार बेहोरेको थियो ।