logo
२०८१ मंसिर ९ आईतवार



इङ्ग्ल्याण्डको अष्ट्रियामाथि जित

फुटबल |
खेलकुद |


इङ्ग्ल्याण्डको अष्ट्रियामाथि जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते । इङ्ग्ल्याण्डले अष्ट्रियामाथि १–० को जित हात पारेको छ । यूरो २०२० अगाडि भएको मैत्रीपूर्ण खेलमा इङ्ग्ल्याण्डले अष्ट्रियालाई हराएको हो ।
रिभरसाइड रङ्गशालामा गए राति सम्पन्न खेलमा हराउँदा आर्सनलका किशोर खेलाडी बुकायो साकाले गर्नुभएको एक मात्र गोल इङ्ग्ल्याण्डलाई जित दिलाउन पर्याप्त भयो । बुकायोको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न ाभयो । दोस्रो हाफमा ५६ औं मिनेटमा बुकायोले गोल गर्नुभयो ।
अष्ट्रियामाथि जितसँगै इङ्ग्ल्याण्डले पछिल्लो सात मैत्रीपूर्ण खेलमा जित हात पारेको कीर्तिमान समेत बनाएको छ । जुन १९८५ देखि १९८६ सम्म सर बोबी रब्सनको प्रशिक्षणमा रहेको इङ्ग्लीश फुटबल टोलिले यसअघि लगातार सात मैत्रीपूर्ण फुटबल जितेको थियो ।
उक्त खेलमा अलेक्जेण्डर आर्नोल्ड घाइते हुन पुग्नुभयो । आर्नोल्ड घाइते भई मैदानबाट बाहिरिँदा यूरो कप २०२० को तयारीमा रहेको इङ्ग्ल्याण्डलाई भने धक्का लाग्न सक्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?