logo
२०८१ मंसिर ९ आईतवार



चाइनिज ताईपेइ बिरुद्ध नेपालको प्रारम्भिक एघार

फुटबल |
खेलकुद |


चाइनिज ताईपेइ बिरुद्ध नेपालको प्रारम्भिक एघार


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते । नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको दोस्रो खेलमा चाइनिज ताईपेइको सामना गर्दैछ । नेपालले कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा छनोट अन्तगर्तको छैठौं खेलमा चाइनिज ताईपेइको सामना गर्न लागेको हो ।
नेपालले चाइनिज ताईपेइ बिरुद्धको खेलका लागि सुरुवाती एघारमा इराक बिरुद्धको मैत्रीपूर्ण खेलका दुई जना खेलाडी परिवर्तन गरेको छ । मनिष डाँगी र नवयुग श्रेष्ठ पहिलो रोजाईमा परेका छैनन् । दुबैजनाको स्थानमा सुनिल बल र आशिष लामा पहिलो प्राथमिकतामा परेका छन् ।
नेपालले चाइनिज ताईपेइ बिरुद्ध ४–३–३ को रणनीतिमा खेल्नेछ । गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुनिल बल, सुमन लामा, पूजन उपरकोटी र सन्तोष घिसिङ सुरुवाती एघारमा छन् । त्यसैगरी, सुनिल बल, आशिष लामा र अञ्जन विष्ट सुरुवाती एघारमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?