logo
२०८१ मंसिर ९ आईतवार



रुसलाई ४ –१ ले हराउँदा डेनमार्क अन्तिम १६ मा पुग्यो

फुटबल |
खेलकुद |


रुसलाई  ४ –१ ले हराउँदा डेनमार्क अन्तिम १६ मा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । रुसलाई डेनमार्कले ४–१ ले हराएको छ । यूरो कप फुटबल २०२० अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा डेनमार्कले जित हात पार्दा अन्तिम १६ का लागि छनोट भएको छ ।
डेनमार्क समूह बी को दोस्रो स्थानमा उक्लेको छ । सुरुको दुई खेलमध्ये दुबैमा हार बेहोरेर पूछारमा पुगेको डेनमार्कले रुसलाई हराएर महत्वपूर्ण तीन अङ्क जोड्दै दोस्रो स्थानमा उक्लेको छ । गोल अन्तरको आधारमा फिनल्याण्ड तेस्रो र रुस पुछारमा छन् ।
खेल अघि दोस्रो स्थानमा रहेको रुस हारसँगै पूछारमा पुग्यो र ऊ प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
एक साता अघि आफ्नो महत्वपूर्ण खेलाडी क्रिश्चियन एरिक्सनको खेल मैदानमा हृदयघात भएपछि निराश बनेको डेनमार्कले समूह चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । डेनमार्कले अन्तिम १६ मा स्थान बनाउन रुसलाई हराउनुपर्ने र अर्को खेलमा बेल्जियमले फिनल्याण्डमाथि जित हात पार्नुपर्ने थियो । दुबै खेल डेनमार्कको पक्षमा आयो ।
पहिलो हाफको ३८ औं मिनेटमा मिक्केल डम्सगार्डले सुरुवाती गोल गर्दै डेनमार्कलाई अग्रता दिलाउनुभयो । युसूफ पौलसेनले ५९ औं मिनेटमा उक्त अग्रतालाई दोब्बर पार्नुभयो । ७० औँं मिनेटमा रुसले पाएको पेनाल्टीलाई आर्टेम यूवाले गोलमा परिणत गर्दा रुस खेलमा पुनरागमन गर्न पुग्यो ।
तर डेनमार्क रोकिएन । चेलसीका आन्द्रेज क्रिश्टिेनसेनले ७९ औं मिनेटमा गोल थप्दा डेनमार्क ३–१ को अग्रता लियो । जोएकेम मैहलले तीन मिनेटपछि गोल गर्दै डेनमार्कको रुसमाथि ४–१ को जित सुनिश्चित गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?