गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । बेल्जियमले यूरो कप फुटबल २०२० को समूह चरणको तीन वटै खेल जितेको छ । गए राति अबेर सम्पन्न समूह बी को आफ्नो अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डमाथि २–० को जित हात पार्यो ।
फिफाको विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले सेन्ट पिटर्सवर्गमा फिनल्याण्डमाथि एकतर्फी जित हात पार्यो । डेनमार्कमाथि पहिलो खेलमा जित हात पारेको फिनल्याण्डले बेल्जियमलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफको पूर्बाद्धतिर सन्तुलन गुमाउन पुग्यो ।
७४ औं मिनेटमा गोलकिपर लुकास रेडेकीको गलतीले आफ्नै पोष्ट छुन पुग्दा बेल्जियम खेलमा १–० को अग्रता लियो । ८१ औं मिनेटमा रोमेलो लुकाकुले डे ब्रुनको पासलाई गोलको दिशा दिएपछि बेल्जियले फिनल्याण्डमाथि २–० को जित सुनिश्चित गर्यो ।
हरसँगै फिनल्याण्ड तेस्रो स्थानमा चिप्लिन पुग्यो । अब उसले अन्तिम १६ मा स्थान सुनिश्चित गर्न तेस्रो स्थानको सबैभन्दा उत्कृष्ट चार टोलिमा पर्ने नपर्ने कुर्नुपर्ने हुन्छ ।