गोरखापत्र अनलाइन
काठमाडौं, असार १२ गते । यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा स्थान सुनिश्चित गर्न डेनमार्कले आज वेल्सको सामना गर्दैछ । अन्तिम १६ को पहिलो खेलमा दुई टोलि एमस्टर्डमस्थित कार्डिफ एरेनामा स्पर्धा गर्ने भएको छ ।
मीडफिल्डर क्रिश्चियन एरिकसन घाइते भएर मैदानमै ढलेको घटनापछि डेनमार्कले अप्रत्याशित रुपमा प्रशंसकको समर्थन पाएको छ । वेल्सले भने तीन प्रमुख प्रतियोगितामा तेस्रो पटक नकआउट चरणमा प्रबेश पाएकोले उत्साहित छ । सन् १९५८ मा विश्वकप फुटबलको क्वार्टरफाइनलमा ब्राजिल बिरुद्ध हार बेहोरे यता वेल्सले ५८ वर्षसम्म पर्खिनुपर्यो । सन् २०१६ को यूरो कप फुटबलको सेमीफाइनलसम्म पुगेर वेल्सले उक्त खडेरी भङ्ग गरेको थियो ।