logo
२०८१ मंसिर ९ आईतवार



बेल्जियमलाई हराउँदै इटाली सेमीफाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


बेल्जियमलाई हराउँदै इटाली सेमीफाइनलमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार २० गते । इटाली यूरो कप फुटबलको सेमीफाइनलमा पुगेको छ । सेमीफाइनलमा इटालीले स्पेनको सामना गर्नेछ । स्पेन र इटालीबीचको सेमीफाइनल खेल मंगलबार वेम्ब्लीमा हुनेछ ।
गए राति अबेर सम्पन्न खेलमा इटालीले बेल्जियमलाई २–१ ले हराउँदै यूरो कप फुटबलमा सेमीफाइनलको यात्रा तय गरेको हो । इटालीले प्रतियोगिताको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बेल्जियमलाई हराउँदै इटालीले लगातार १३ औं जित हात पार्यो । इटाली लगातार ३२ खेलमा अपराजित रहेको छ ।
निकोलो बरेल्लाले तीन जना डिफेन्डरलाई छिचोल्दै सुरुवाती गोल गरेर इटालीलाई १–० को अग्रता दिलाउनुभयो । ३१ औं मिनेटमा इटालीले सुरुवाती अग्रता बनायो । हाफटाइम पुग्न एक मिनेट मात्रै बाँकी छँदा लोरेञ्जो इन्सिग्नेले मैदानको बीच भागबाट डोर्याएको बललाई बरेल्लाको सहयोगमा गोलको दिशा दिदै इटालीको अग्रतालाई दोब्बर पार्नुभयो ।
अतिरिक्त समयमा रोमेलो लुकाकुले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा बेल्जियमलाई पुनरागमन गराएपनि पर्याप्त भएन । दोस्रो हाफमा दुबै टोलि गोलरहित बराबरी खेल्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?