logo
२०८१ बैशाख २९ शनिवार



यूरो कपको सेमीफाइनलमा इटालीले स्पेनको सामना गर्दै

फुटबल |
खेलकुद |


यूरो कपको सेमीफाइनलमा इटालीले स्पेनको सामना गर्दै
तस्विर-सामाजिक सञ्जाल


गोरखापत्र अनलाइन
काठमाडौं, असार २२ गते । यूरो कप फुटबल २०२० को पहिलो सेमीफाइनल खेलमा इटालीले स्पेनको सामना गर्दैछ । दुई राष्ट्रबीचको विजेताले उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछ ।
इंग्ल्याण्डको वेम्ब्ली रङशालामा दुई टोलिले आज अबेर राति फाइनलमा स्थान सुनिश्चित गर्न स्पर्धा गर्नेछन् । दुबै टोलिले यूरोपियन च्याम्पियनशीपको नक आउट चरणमा एक अर्का बिरुद्ध खेल्न लागेको यो चौथो अबसर हो । यूरोपियन च्याम्पियनशीपमा समग्रमा भने दुबै टोलिले हालसम्म सात पटक एक अर्का बिरुद्ध खेलेको छ । जसमध्ये स्पनेले सन् २०१२ को फाइनलमा मात्र एक पटक इटालीलाई हराएर उपाधि जित्न सकेको छ ।
इटालीले भने सन् २०१६ को यूरो कपको अन्तिम १६ मा स्पेनलाई हराएको थियो । स्पेनले भने चार अबसरमध्ये तेस्रो पटक यूरो कपको उपाधि जित्ने खोजमा रहेको छ । इटाली भने हालसम्म एक पटक मात्रै यूरो कप फटबल जित्न सकेको छ । सन् १९६८ मा पहिलो र एकपटक मात्रै इटालीले यूरो कप उचालेको छ । तर पछिल्लो तीन वर्षमा बिरलै कुनै खेल हारेको इटाली यूरो कप फुटबल २०२० दाबेदार हो ।
इटालीले समूह चरणको तीन वटै खेल जितेर अन्तिम १६ को यात्रा तय गरेको छ । उसले अष्ट्रियालाई अतिरिक्त समयमा र विश्व वरीताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ ले हराएर सेमीफाइनलसम्म पुगेको छ । तर इटाली आफ्नो सबैभन्दा उत्कृष्ट खेलाडी बिना नै स्पेन बिरुद्ध उत्रिनेछ । क्वार्टरफाइनलमा बेल्जियम बिरुद्धको खेलमा लियोनार्दो स्पिनाजोला घाइते हुन पुग्दा उहाँ स्पेन बिरुद्ध उपलब्ध हुनुहुने छैन् ।
स्पेन भने इटालीको अपेक्षा प्रशंसकलाई खासै रिझाउन सकेको छैन् । समूह चरणको तीन र अन्तिम १६ तथा क्वार्टरफाइनल गरी यूरो कपको पाँच खेलमध्ये मात्र एक खेल निर्धारित समयमा जित्न सकेको छ । समूह चरणको दुई खेल बराबरी खेलेको स्पेनले अन्तिम खेलमा स्लोभाकियामाथि ५–० को विशाल अन्तरको जितले अन्तिम १६ को यात्रा तय गर्न सफल भयो ।
अन्तिम १६ मा क्रोएशियालाई अतिरिक्त समयमा ५–३ ले जितेको स्पेनले क्वार्टरफाइनलमा स्वीटजरल्याण्डमाथि पेनाल्टी शूट आउटमा जित हात पारेको छ ।
सम्भाबति परिवर्तन
इटालीले स्पिनाजोलाको स्थानमा चेलसीका एमरसनलाई सुरुवाती एघारमा स्थान दिनेछ । स्पेनका विङ्गर पाब्लो सराबिया इटाली बिरुद्धको खेलमा उपलब्ध नहुन सक्छ । स्वीटजरल्याण्ड बिरुद्धको खेलमा मांसपेशीमा खिचाबले उहाँ बाहिरिनुपरेको थियो । उहाँको स्थान डयानी ओल्मोले लिन सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?