logo
२०८१ मंसिर ९ आईतवार



मार्कस राशफोर्ड काँधको शल्यक्रिया गराउँदै

फुटबल |
खेलकुद |


मार्कस राशफोर्ड काँधको शल्यक्रिया गराउँदै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ३० गते । म्यान्चेष्टर युनाइटेडका स्ट्राइकर मार्कस राशफोर्ड काँधको शल्यक्रिया गराउनुपर्ने भएको छ । सन् २०२०–२१ को अन्त्यतिर काँधमा समस्या आएपछि आरामले मात्रै नपुग्ने भएर उहाँले शल्यक्रिया गराउनुपर्नेछ । तर शल्यक्रिया गर्ने विज्ञ चिकित्सक जुलाईसम्म उपलब्ध नरहेकोले अगष्टमा मात्रै उहाँको उपचार प्रकुिया सुरु हुने बीबीसीले उल्लेख गरेको छ ।
२३ वर्षीय राशफोर्ड शल्यक्रियापछि कम्तीमा १२ साता आराम गर्नुपर्ने हुन्छ । शल्यक्रिया लगत्तै खेल्ने स्थिति नरहने हुनाले उहाँले कम्तिमा दुई महिना मैदानबाहिर बस्नुपर्ने हुन्छ । म्यान्चेष्टर यूनाइटेडका लागि इङ्ग्लिस प्रिमियर लिगको गएको संस्करणको ३७ खेलमा ११ गोल गर्नुभएका राशफोर्ड भने यूरो कप फुटबल २०२० मा प्रभावकारी प्रदर्शन दिन सक्नुभएन ।
राशफोर्ड इङ्ग्ल्याण्डका लागि पाँच खेल खेल्नुभएकोमा मात्र ८४ मिनेट मैदानमा सक्रिय रहनुभयो । इटाली विरुद्धको फाइनल खेलमा उहाँको पेनाल्टी प्रहार विफल भयो । इटालीले इङ्ग्ल्याण्डलाई पेनाल्टी शूट आउटमा हराएर युरोकप फुटबल २०२० को उपाधि जितेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?