logo
२०८१ मंसिर ९ आईतवार



मेस्सी बार्सिलोनामै रहने

फुटबल |
खेलकुद |


मेस्सी बार्सिलोनामै रहने
तस्विर–फोबर्स


गोरखापत्र अनलाइन
काठमाडौं, असार ३१ गते । लियोनल मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहनुहुने भएको छ । उहाँले आफ्नो पुरानो तलबमानको आधा तलबमा मात्रै बार्सिलोनामा बस्न सहमत हुनुभएको बताइएको छ ।
३४ वर्षीय मेस्सीको अनुबन्धन सम्झौता ३० जुनमा सकिएको छ । प्रत्येक वर्ष १२ करोड ३० लाख यूरोको अनुबन्धन सम्झौता सकिएपछि उहाँ बार्सिलोनाबाट मुक्त हुनुभएको थियो । कोपा अमेरिका फुटबल जितेपछि उहाँ बिदामा हुनुहुन्थ्यो । सम्झौताले अझै अन्तिम रुप लिन बाँकी नै छ ।
तलब घटाएर बार्सिलोनाले फरवार्ड एन्टोनियो ग्रिजमन्न र एटलेटिको मड्रिडका मीडफिल्डर सौल निग्वेजसँग समेत सम्झौताको प्रयास गर्दैछ ।
मेस्सी पेरिस सैन्ट जर्माइन(पीएसजी) र म्यान्चेष्टर सिटीमा सर्ने चर्चा चलेको थियो ।
मेस्सीले बार्सिलोनाका लागि ६७२ गोल गर्नुभएको छ । मेस्सी हुँदा बार्सिलोना दश पटक ला लिगाको उपाधि जितेको छ । सात पटक कोपा डेल रेल र छ पटक बलून डे अरको उपाधि मेस्सीले जित्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?