logo
२०८१ मंसिर ९ आईतवार



लिभरपुलले दुई खेलाडी बेच्दै

फुटबल |
खेलकुद |


लिभरपुलले दुई खेलाडी बेच्दै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ५ गते । लिभरपुलले आफ्नो दुई खेलाडी बिक्रि गर्ने तयारी गरेको छ । सर्बियाका मीडफिल्डर मार्को ग्रजिक र नाइजेरियाली फरवार्ड ताइवो अवोनियीलाई लिभरपुलले बेच्न लागेको हो ।
२५ वर्षीय ग्रजिक गत् संस्करणमा ऋणमा पोर्टो सर्नुभएको थियो । उहाँले २८ प्रिमियर लिग र आठ च्याम्पियन्स लिग खेलमा सहभागी हुनुभएको थियो । २३ वर्षीय अवोयिनीले २२ खेलमा पाँच गोल गर्नुभएको छ । गत् संस्करणमा उहाँ लिभरपुलबाट ऋणमा जर्मन बुन्डेसलिगामा यूनियन बर्लिनको प्रतिनिधित्व गर्नुभयो ।
लिभरपुलले सर्बियाका मार्कोलाई एक करोड ५० लाख पाउन्डमा र नाइजेरियाली अवोयिनीलाई ६५ लाख पाउन्डमा बिक्रि गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?