logo
२०८१ बैशाख ८ शनिवार



खेलाडी सङ्क्रमित भएपछि आर्सनलको अमेरिका यात्रा रोकियो

फुटबल |
खेलकुद |


खेलाडी सङ्क्रमित भएपछि आर्सनलको अमेरिका यात्रा रोकियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । आर्सनलले अमेरिका यात्रा रोकेको छ । प्रिमियर लिगको तयारी स्वरुप आर्सनलले अमेरिकामा फ्लोरिडा कप खेल्ने तय भएको थियो ।
आर्सनलले बुधबार एक वक्तब्य जारी गरी भ्रमण टोलिका सदस्य सङ्क्रमित भएपछि फ्लोरिडा कप खेल्ने कार्यक्रम रद्द गरिएको जनाएको छ । प्रिमियर लिग टोलि आर्सनल बिहीबार अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम थियो । आइतबार आर्सनलले ओर्लेन्डोमा इन्टर मिलानको सामना गर्ने तय भएको थियो । आर्सनलले टोलिमा सानो संख्याका सदस्य सङ्क्रमित भएको जनाएको छ ।
वक्तब्यमा भने कुन र कति खेलाडी सङ्क्रमित भएको सम्बन्धमा प्रष्ट्याएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?